काठमाडौँ। सरकार र जेनजी प्रतिनिधिबीच बुधबार सम्झौतामा हस्ताक्षर हुने भएको छ। सम्झौतामा हस्ताक्षर कार्यक्रम साँझ ६ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय को सगरमाथा हलमा आयोजना गरिने प्रधानमन्त्री सुशीला कार्की की प्रेस सल्लाहकार राम रावल ले जानकारी दिनुभएको छ।

उक्त कार्यक्रममा जेनजी आन्दोलनका प्रतिनिधि, घाइते तथा मृतकका परिवारहरूको समेत सहभागिता रहने जनाइएको छ। सरकारका अनुसार जेनजी आन्दोलनपछि उठेका मागहरूलाई लिखित रूपमा दस्तावेजीकरण गर्दै औपचारिक मान्यता दिने उद्देश्यले सम्झौता गर्न लागिएको हो।

जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठन भएको करिब तीन महिना पुग्न लाग्दा सो आन्दोलनलाई औपचारिक रूपमा मान्यता दिने गरी प्रतिनिधिहरूसँग सम्झौता हुन लागेको हो। सम्झौतामा जेनजी आन्दोलनले उठाएका प्रमुख मागहरू समावेश गरिएको जनाइएको छ।