राजन कुमार बानिया/ पर्सा २८ मंसिर / आगामी प्रतिनिधि सभा निर्वाचन–२०८२ नजिकिँदै जाँदा पर्सा–४ मा नयाँ पुस्ताको नेतृत्वप्रति आकर्षण तीव्र गतिमा बढिरहेको छ । यही क्रमसँगै व्यावसायिक पृष्ठभूमिबाट सामाजिक क्षेत्रमा प्रवेश गरेका युवा नेता टेकबहादुर शाक्य यस क्षेत्रकै सबैभन्दा उर्जाशील र व्यवहारिक नेताका रूपमा जबरजस्त उदाउँदै गएका छन् ।

कतिपय राजनीतिक दलमा पूरानै नेताले अवसर पाउन लागेको चर्चा चल्दै जाँदा पर्सा क्षेत्र न.४ मा भने शाक्यलाई नै जनताले नेताको रुपमा उभ्याउन थालेका हुन । पछिल्ला दिनहरूमा चुनाव लक्षित छलफल तथा भेटघाटका लागि शाक्य स्थानीयहरूसँग निरन्तर सम्वादमा रहेका छन । जसमा अबको वैकल्पिक शक्तिका रूपमा शाक्य अघि बढ्नुपर्ने जनताले बताउन थालेका छन । जनसम्वादका क्रममा शाक्यले पनि आफू सधैं समाजसँगै र समाजको विकास सँगसँगै रहेको बताउँदै चुनावमा साथ दिँदा यस क्षेत्रको विकासमा मिहीन ढंगले लाग्ने प्रतिवद्धता र योजना समेत प्रस्तुत गरिरहेका छन।

समाजसेवा, जनसंवाद र समस्या समाधानमा केन्द्रित उनका गतिविधिले पर्सा–४ का गाउँ, बस्ती र बजारमा ‘काम गर्ने नेतृत्व’ को नयाँ पहिचान बनाइदिएको छ। दैनिक रूपमा स्थानीयवासीसँग भेटघाट गर्दै उनी चिया पसलदेखि गल्ली–चोकसम्म पुगेर जनताको समस्या सुन्ने, बुझ्ने र संभावित समाधानका मार्ग प्रस्तुत गर्दै आएका छन।

शाक्यले अबको राजनीति नाराभन्दा योजनामा, प्रतिस्पर्धाभन्दा परिणाममा र भाषणभन्दा व्यवहारमा आधारित हुनुपर्ने स्पष्ट धारणा सार्वजनिक रूपमा राख्दै आएका छन।ठोरी, जिराभवानी,जान्कीटोला,भिस्वा लगायत बजारलाई व्यवस्थित र आधुनिक बनाउने, कृषिमा प्रविधिकरण गर्ने, शिक्षा–स्वास्थ्य सेवामा सहज पहुँच स्थापित गर्ने, धार्मिक स्थल प्रवर्द्धनमार्फत स्थानीय रोजगारी र पर्यटन विकास गर्ने एजेन्डा उनले प्राथमिकतामा राखेका छन।

देशभर युवाको नेतृत्वबारे आवाज उठाएको जेनजी आन्दोलनपछि पर्सामा पनि नयाँ सोच र नयाँ पुस्ताको माग बढेको छ। यही वातावरणमा शाक्यको निरन्तर जनसम्पर्कले उनको लोकप्रियता थप बढाएको छ।धोबिनी गाउँपालिका-३ हरिहरपुरका स्थानीय युवा नेता दिपेन्द्र पटेल भन्छन्, “चुनावको बेला मात्र देखिने नेताको जमाना सकियो, समस्या सुन्ने र समाधानतर्फ लैजान सक्ने नेतृत्व शाक्यमै देखिन्छ । उनले विगतमा पर्साबाट धेरै राजनीतिक प्रतिनिधि निस्किए पनि विकासको गति अपेक्षाअनुसार नभएको उल्लेख गर्दै अब ‘परिणाममुखी, जिम्मेवार र पारदर्शी नेतृत्व’ अनिवार्य भएको बताउँदै आएका छन। उनका अनुसार नेतृत्वको मूल्यांकन पार्टीको नजिकियताबाट होइन, नागरिकका समस्या समाधान गर्न सक्ने क्षमताबाट हुनुपर्छ।

धर्म–संस्कृति, मेलमिलाप, सहकार्य र सामाजिक सद्भावलाई बलियो बनाउने शाक्यको दृष्टिकोणले स्थानीयबीच उनको छवि अझै मजबुत बनाएको छ। समुदायबीच सहकार्य गराउँदै साझा मुद्दामा एकताबद्ध रूपमा अघि बढ्न सक्ने नेतृत्व गुण शाक्यमै देखिएको पर्साका बुद्धिजीवी, व्यवसायी तथा युवाको बुझाइ छ।

निरन्तर जनतामाझ रहेर उनीहरूको मर्म र भावना बुझ्दै आएको कारण शाक्य अहिले पर्सा–४ का मात्र होइन, पुरै जिल्लाका युवा पुस्ताका लागि ‘सबैभन्दा उर्जाशील र आशालाग्दो सम्भावित उम्मेदवार’का रूपमा हेरिन थालेका छन।