पर्सा,२ पुस। स्वास्थ्य कार्यालय पर्साको आयोजना तथा सुनौलो परिवार नेपालको सहयोगमा पकहामैनपुर गाउँपालिका–अन्तर्गत रहेको पकहामैनपुर स्वास्थ्य चौकी, पर्सामा मिति २०८२/०८/२९ र ०९/०१ गते बृहत परिवार नियोजन तथा बन्ध्याकरण सेवा शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

शिविरलाई सफल बनाउन पकहामैनपुर गाउँपालिका प्रमुख श्री सुरेश मेहताज्यूको विशेष उपस्थिति तथा महत्वपूर्ण योगदान रहेको थियो। शिविरमा सहभागी प्रत्येक सेवाग्राहीलाई उहाँको तर्फबाट एक–एक थान कम्बल (Blanket) तथा प्रोटिन पाउडर वितरण गरिएको थियो। यसबाट मातृ तथा बाल स्वास्थ्यप्रति गाउँपालिकाको प्रतिबद्धता स्पष्ट देखिएको छ।

शिविर सफलतापूर्वक सम्पन्न गर्न स्वास्थ्य कार्यालय पर्सा, सुनौलो परिवार नेपाल, स्वास्थ्यकर्मीहरूको टोली, महिला स्वास्थ्य स्वयंसेविकाहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनुहुने सबै सरोकारवालाहरूको उल्लेखनीय भूमिका रहेको थियो।