काठमाडौं, ३ पुष। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार कुल २ हजार २६३ मतदातामध्ये २ हजार २७ जनाले मतदान गरेका छन् भने ३६ जना विभिन्न कारणले मतदानमा सहभागी हुन सकेनन्।

बुधबार बिहान ९ः३० बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोगले जनाएको छ।

३०१ सदस्यीय केन्द्रीय कमिटी गठनका लागि करिब ६४२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। मतदान प्रक्रियालाई सहज बनाउन ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएको थियो।