पर्सा। भदौ २३–२४ गते भएको जेन–जेड आन्दोलनका क्रममा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको घरमा आगजनी तथा लुटपाट भएको घटनामा पर्सा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रञ्जन सिंह राजपुत रहेका छन्। मेयर सिंहको परिवारले दिएको उजुरीका आधारमा प्रहरीले बिहीबार बिहान उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार भदौ २४ गते वीरगञ्ज–३ स्थित मेयरको घरमा आगजनी र सम्पत्ति लुटपाटको घटनामा राजपुतसहित १० जनाभन्दा बढी व्यक्तिको संलग्नता रहेको आरोप छ।

पर्सा प्रहरीले पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अघि बढाइएको जनाउँदै घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य तीव्र रूपमा जारी रहेको जानकारी दिएको छ।