पर्सा, पकहाँमैनपुर । बढ्दो चिसोका कारण पर्साको पकहाँमैनपुर गाउँपालिकाभित्र सञ्चालित सम्पूर्ण विद्यालयमा भोलि र पर्सि दुई दिन बिदा दिइएको छ।

चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले गाउँपालिकाभरिका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन बिदा दिइएको गाउँपालिकाको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ।

यसैगरी, पुस १० गते क्रिसमस डेको अवसरमा सरकारी बिदा तथा पुस ११ गते शैक्षिक क्यालेन्डरअनुसार सट्टा बिदा रहेकाले पुस १३ गते आइतबारदेखि विद्यालय पुनः सञ्चालन हुने शैक्षिक प्रशासन महाशाखाले जानकारी दिएको छ।