पर्सा, ७ पुस । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली तथा मातहतका प्रहरी कार्यालयको संयुक्त टोलीले पर्सा जिल्लामा अवैध रूपमा गरिएको गाँजा खेती फडानी गरी नष्ट गरेको छ।

मिति २०८२/०९/०७ गते प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा १५ जनाको प्रहरी टोली खटिई पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–५ हरैया स्थित भलुवाही खोलाको बगरमा करिब १ कठ्ठा तथा पटेर्वा सुगौली गाउँपालिका–४ फरहदवा क्षेत्रमा करिब २.५ कठ्ठा गरी जम्मा ३.५ कठ्ठा जमिनमा लगाइएको अवैध गाँजा खेती फडानी गरिएको हो।
फडानीका क्रममा करिब ७ हजार ५ सय बोट अवैध गाँजा नष्ट गरिएको प्रहरीले जनाएको छ। फडानी गरिएका गाँजाका बोटहरू सोही स्थानमै नष्ट गरिएको प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।

लागुऔषध नियन्त्रण अभियान अन्तर्गत अवैध गाँजा खेती विरुद्ध यस्ता कारबाहीलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ।