काठमाडौँ,८ पुष । राष्ट्रपति निवासमा प्रधानमन्त्री सुशीला कार्की र तीन ठूला दलका शीर्ष नेताबीच छलफल सुरु भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन्।

छलफलमा प्रधानमन्त्री कार्की पहिलोपटक सहभागी भएकी हुन्। भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनपछि प्रधानमन्त्री बनेकी कार्कीले यसअघि देउवा, ओली र प्रचण्डसँग प्रत्यक्ष भेटवार्ता गरेकी थिइनन्।

यसअघि प्रधानमन्त्रीसँग हुने छलफलमा तीन ठूला दलका दोस्रो तथा तेस्रो तहका नेताहरु मात्र सहभागी हुँदै आएका थिए।

हालको छलफलको एजेन्डाबारे भने औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।