सप्तरी । सप्तरीका क्रियाशील पत्रकार तथा पब्लिक खबर २४ का अध्यक्ष आदित्य अजयले एक विपन्न परिवारलाई खाद्यान्न सहयोग प्रदान गरेका छन्। उनले राजविराज नगरपालिका–२ मा बसोबास गर्दै आएका दैनिक ज्यालादारी मजदुरी गरेर जीविकोपार्जन गर्दै आएको परिवारको घरमै पुगेर राहत सामग्री हस्तान्तरण गरेका हुन्।

सामाजिक उत्तरदायित्वको भावनाबाट प्रेरित भई आर्थिक रूपमा कमजोर अवस्थाका कारण दैनिक गुजारामा कठिनाइ भोग्दै आएको परिवारलाई तत्काल सहयोग पुर्‍याउने उद्देश्यले खाद्यान्न सहयोग गरिएको पत्रकार अजयले बताए।

पब्लिक खबर २४ का म्यानेजर सन्तोष कुमार माझीका अनुसार उक्त परिवारलाई ५० केजी चामल, ५ केजी दाल, २ लिटर खाने तेल, २ केजी नुन, ५ केजी आलु र २ केजी चिउरा लगायतका अत्यावश्यक खाद्य सामग्री प्रदान गरिएको हो।

खाद्यान्न पाएपछि सहयोग प्राप्त परिवार खुसी देखिएको स्थानीयले बताएका छन्। यस अवसरमा पत्रकार आदित्य अजयले समाजमा रहेका विपन्न तथा कमजोर वर्गलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै आगामी दिनहरूमा पनि यस्ता मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।