पर्सागढी । १३ पुस । पर्सागढि युवा स्पोर्ट्स क्लब द्वारा आयोजित पाचौं फुटबल नकआउट फुटबल प्रतियोगिता यस बर्ष पनि हुने भएको छ ।

पुसको १९ गते देखि सुरु हुने नकआउट फुटबल प्रतियोगिता पुसको २६ गते सम्म चल्ने आयोजकले जनायकाे छ ।

राष्ट्रकाे लागि खेलकुद स्वास्थ्यको लागि खेलकुद भन्ने मुल नारा साथ पर्सागढि नगरपालिका कार्यालयको आर्थिक सहयोगमा हुने प्रतियोगितामा आयोजक टिम सहित बारा पर्साको आठ वटा टिम सहभागीता हुने आयोजक टिमका अध्यक्ष राम थापाले बताए ।

थापाका अनुसार सहभागी टिममा नगौल युनाइटेड फुटबल कल्ब बारा , पटेर्वासुगौली गा पा फुटबल क्लब ,नमोबुद्ध युवा क्लब झाबाराहा , नितान्त क्लब नितनपुर , पर्साराईडर फुटबल क्लब खजुरिया , थारु ११ युवा क्लब बारा , बनसक्ती युवा क्लब सिद्धपुर र आयोजक टिमकाे सहभागिता रहने र अन्य तैयारी अन्तिम चरणमा रहेको बताएका छन ।

प्रतियोगितामा प्रथम हुने टिम लाई तीस हजार र दोश्रो हुने टिम लाई बीस हजार सहित शिल्डमेडल सहित सम्मान गरिने क्लबका सचिव हरि थापाले बताए ।