पर्सा, १६ पुस । पर्साको कालिकामाई गाउँपालिकास्थित कालिकामाई युवा समाज को दोस्रो वार्षिक साधारण सभा सम्पन्न हुँदै नयाँ कार्य समिति चयन गरिएको छ।

संस्थापक अध्यक्ष आकाश चौरसिया को अध्यक्षतामा सम्पन्न दोस्रो वार्षिक साधारण सभाबाट १३ सदस्यीय कार्य समिति तथा २१ सदस्यीय साधारण सभा सदस्य चयन गरिएको हो। सभाबाट सर्वसम्मत रूपमा नयाँ कार्य समिति चयन गरिएको संस्थाले जनाएको छ।

नयाँ कार्य समितिको अध्यक्षमा पुनः आकाश चौरसिया, वरिष्ठ उपाध्यक्षमा आकाश महतो, उपाध्यक्षमा भरत साह, महासचिवमा विशाल कुशवाहा, सचिवमा सुदिप चौरसिया, कोषाध्यक्षमा बुलेट तिवारी चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा सविर आलम, मोहन महतो, रमेश चौरसिया, साहजाद आलम, सुजित कुशवाहा, चन्द्रशेखर पटेल र विनय चौरसिया चयन भएका छन्।

पुनः सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएपछि आकाश चौरसियाले कालिकामाई युवा समाजलाई अझ दृढ संकल्पका साथ अगाडि बढाउँदै संस्थालाई सर्वोच्च शिखरमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सम्पूर्ण कार्य समिति तथा साधारण सभा सदस्यहरूको सल्लाह र सुझावलाई आधार मानेर अघि बढ्ने बताउनुभयो।

साधारण सभाको निर्वाचन समितिमा अधिकृतको भूमिकामा सुबोध कुमार चौरसिया तथा सदस्यहरू छठु साह, जयप्रकाश चौरसिया र तपसी साह रहनुभएको थियो। निर्वाचन प्रक्रिया सहजीकरणमा योगदान पुर्‍याएको भन्दै नयाँ कार्य समितिले उहाँहरूलाई टीका, खादा तथा सम्मानपत्र प्रदान गरी सम्मान गरेको संस्थाका कोषाध्यक्ष बुलेट तिवारी ले जानकारी दिनुभयो।

युवा समाजको दोस्रो वार्षिक साधारण सभामा प्रमुख अतिथिका रूपमा वडा नं. २ का वडा अध्यक्ष सोनालाल प्रसाद चौरसिया, विशिष्ट अतिथिका रूपमा वडा नं. १ का वडा अध्यक्ष लालबाबु प्रसाद चौरसिया सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा गैरसरकारी संघ महासंघ पर्साका अध्यक्ष छठु साह, ने.रा.मा.वि. का प्रधानाध्यापक इन्द्रदेव कुर्मी, श्री सुकई साह माध्यमिक विद्यालयका प्रधानाध्यापक सुबोध चौरसिया, कालिका कन्या आधारभूत विद्यालयका प्रधानाध्यापक तपसी साह, जनता माध्यमिक विद्यालयका शिक्षक जयप्रकाश चौरसिया, वडा सदस्य सञ्जय शर्मा, इलाका प्रहरी कार्यालय कालिकामाईका एएसआई जगमोहन साह कानु लगायत कालिकामाई युवा समाजका साधारण सभा सदस्य तथा स्थानीय युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।