पर्सा । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर १ मा दलित तथा अति विपन्न नागरिकहरूलाई कम्बल वितरण गरिएको छ।

वडा अध्यक्ष बासुदेव महतो थारु ले जाडो मौसमलाई मध्यनजर गर्दै वडाभित्रका दलित, अति विपन्न तथा वृद्धवृद्धा गरी ७० जनालाई कम्बल वितरण गर्नुभएको हो। कम्बल वितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष थारुले जाडोयाममा गरिब तथा असहाय नागरिकहरूलाई न्यानो लुगाको अभाव नहोस् भन्ने उद्देश्यले उक्त राहत वितरण गरिएको बताउनुभयो। उहाँले स्थानीय तहबाटै विपन्न समुदायको संरक्षण तथा सहयोगका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्थानीय बासिन्दाहरूले वडाको पहलप्रति आभार व्यक्त गर्दै चिसो मौसममा राहत पुगेको प्रतिक्रिया दिएका छन्।