पर्सा २७ पुस / नेपाल रेडक्रस सोसाइटी पोखरिया उपशाखाको ३६ अौ उपशाखा वार्षिक सधारण सभा पर्साको पोखरिया नगरपालिकामा रहेको जिल्ला उचागल रामदेव कलवार उच माध्यमिक बिधालय पोखरियाको सभाहलमा सम्पन्न भएको छ। उपशाखा पोखरियाको सधारणमा सभामा २०८१/०८२/ अाय ब्यय १० लाख ९१ हजार २ सय २३ रुपैयाको र २०८२/०८३ को अनुमानित अाय,ब्यय ११ लाख ३८ हजार ८५ रुपैयाको बजेट प्रस्तुत उपशाखाको सचिव हिमानचल साहले गर्नु भएको थियो।

सधारण सभाको प्रमुख अतिथी रहनु भएका पोखरिया नगरपालिकाको नगरप्रमुख प्रधुमन चौहानको प्रमुख अतिथ्यमा भएको कार्यक्रम माबोलदै भने नेपाल रेडक्रस सोसाइटी पबित्र संस्थाहो पोखरिया उपशाखाको लागि पहिला पनि सहयोग गरिएको हो र फेरि पनि सहयोग गरिने र गर्दै अाई रहेको छु। उपशाखाले समय समयमा रक्तदान ,सरसफाइ र बिभिन कार्यक्रम गर्दै अाईरहेको छ। पोखरिया उपशाखाको भवनको लागि टाउन पलानिंगमा पाँच धुर जग्गा उपलब्ध गराउने नगरप्रमुख चौहानले प्रतिबद्धता गर्नु भएको थियो। नेपाल रेडक्रस सोसाइटी पर्साका मन्त्री बिनोद गिरीले संबोधन गर्दै भने अाफु ९ कक्षामा पढिरहेको बेला देखि अहिले सम्म योगदान मैले भुलेको छैन । नेपाल रेडक्रस सोसाइटी उपशाखालाई माया र प्रेम हटेको छैन भोलिको दिनमा जुन ठाउँ बसे भनी माया र सहयोग जारी नै रहने बताए ।

पोखरियाका वडा अध्यक्ष लक्षमण साह कानुले पोखरिया उपशाखा उचाईमा पुगोस भन्दै रेडक्रसलाई एक लाख रुपैया दिने घोषना गर्नु भएको थियो। कार्यक्रम पोखरिया रेडक्रस सोसाइटी उपशाखाका सभापती भगवान प्रसाद कुर्मीको सभापतित्वामा सम्पन्न भएको थियो। कार्यक्रममा वडाअध्यक्ष लक्षमण साह,प्रमोद गिरी,डाक्टर वकिल मियाँ प्रदेशिक अस्पताल पोखरियाका अध्यक्ष उमेश चौहान,पनालाल प्रसाद कुर्मी, लगायतले सधारण सभाको प्रगतिको शुभकामना ब्यक्त गर्नु भएको थियो। कार्यक्रममामा उपशाखाको सशस्त्र प्रहरीका डिएसपी शम्भु कटवाल,ईप्रका पोखरियाका प्रहरी निरिक्षक प्रदिप पौडेल, सह कोषाध्यक्ष शशिभुषन पटेल,सदस्य नेता गिरी लगायत कार्यसमिति ,अाजिवन ,सधार ,सलाहकार सदस्य ,सुरक्षाकर्मी ,पत्रकार लगायतको सहभागिता रहेको थियोे ।