पर्सा,२९ पुस।नेपाली कांग्रेसको विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्न निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। निर्वाचन समितिका संयोजक तथा वरिष्ठ अधिवक्ता सीताराम केसीले बुधबार निर्वाचनसम्बन्धी सम्पूर्ण कार्यतालिका सार्वजनिक गरेका हुन्।

सार्वजनिक कार्यतालिका अनुसार आजै साँझ ९ बजे मतदान हुने तय गरिएको छ। मध्यान्ह १२ः३० बजे प्रथम मतदाता नामावली प्रकाशन गरिनेछ भने त्यसउपर दाबी–विरोध तथा छलफलका लागि १ः३० बजेसम्मको समय छुट्याइएको छ।

दिउँसो ४ बजे अन्तिम मतदाता नामावली प्रकाशन हुने जनाइएको छ। यस्तै, साँझ ८ः४५ बजे उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिने कार्यतालिकामा उल्लेख गरिएको छ।

पाँच सदस्यीय निर्वाचन समितिको बैठकले निर्वाचन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको जनाइएको छ। निर्वाचन नेपाली कांग्रेसको केन्द्रीय समितिका लागि हुने भएको छ।

यसअघि खम्बबहादुर खातीको नेतृत्वमा रहेको निर्वाचन समिति भंग गर्दै मंगलबार बिहान सीताराम केसीको संयोजकत्वमा नयाँ निर्वाचन समिति गठन गरिएको थियो।