काठमाडौं,२९ पुस – आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन स्थगित गर्न सर्वोच्च अदालतमा रिट दायर भएको छ।

अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनसँगै माघ ६ गतेदेखि सुरु हुने प्रत्यक्षतर्फको मनोनयन दर्ता प्रक्रिया पनि रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

रिटमा राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाइएको छ। निवेदकका अनुसार, संसद विघटनविरुद्ध यसअघि दायर गरिएको रिट सर्वोच्चमा विचाराधीन अवस्थामा रहँदा निर्वाचन कार्यतालिका सार्वजनिक गर्नु रिटलाई प्रभावित गर्न सक्ने संवेदनशील कदम हो।

सर्वोच्चले यस रिटबारे कस्तो निर्णय गर्ने भन्ने कुरा आगामी दिनमा प्रतिक्षित छ।