पर्सा ३० पौष / २५ अौ सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल गुल्म भिखमपुरको आयोजनामा बुधबार सशस्त्र प्रहरी बल नेपाल भिखमपुर र भारतिय सिमामा रहेको एसएसबी ४७ वी बटालियन ईनार्वा टिम बीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ।

सशस्त्र प्रहरी बल नेपाल सिमासुरक्षा गण हेडक्वाटर भिखमपुर बिजयी भएको छ। प्रतियोगितामा भारतको ईनार्वा एसएसबी टिम लाई ३/२ गोल बाट पराजित गरेको थियो। प्रतियोगितामा कुल तीन खेल खेलाइएको थियो। पहिलो खेलमा सशस्त्र प्रहरी बल नेपाल पहिलो जित हासिल गरेको थियो भने त्यसपछि भएका दुई खेलमा भारतको एसएसबी ईनार्वा एक गोल हात पारेको थियो भने तेस्रो जित सशस्त्र प्रहरीले गरि ३/२ गोलले बिजयी भएको थियो

।विजेता टोलीलाई भारतिय ईनार्वा एसएसबीका प्रमुख कमाण्डर अभिनाश पटेलले बिजेता टिमलाई पुरस्कार बितरण गर्नु भएको थियो।उपबिजेता टिमलाई गुल्मका गणपति डीएसपी दिनेश अचार्यले मेडल वितरण गरेका थिए। २५ औं सशस्त्र प्रहरी दिवसको उपलक्ष्यमा आयोजना गरिएको उक्त मैत्रीपूर्ण भलिबल प्रतियोगिताले नेपाल–भारतबीचको आपसी सद्भाव, समन्वय र मित्रतालाई थप मजबुत बनाएको आयोजकले जनाएको छ। सिमा मा रहेको ईनार्वा एसएसबी को गराउन्ड मा भएको भलिबल खेलमा भारतिय एसएसबी ईनार्वाका ४७ वी बटालियन का कमान्डर अभिनास पटेल,सशस्त्र प्रहरी बल गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक डिएसपी दिनेश अचार्य ,प्रहरी निरिक्षक हरिचन्द्र खडका,प्रकाश बोहरा, गणेश सि राउत,जय बहादुर कार्की,टंक बहादुर राणा,भिमसिन केसी,लगायत स्थानिय हरुको सहभागिता रहेको थियो।