पर्सागढि, पर्सा /  राष्ट्रिय स्वतन्त्र पार्टी पर्सागढि नगरपालिकाको पहिलो नगर भेला आयोजना हुने भएको छ। पर्सागढि नगरपालिका वडा नं. ३ स्थित बडनिहार बजारको खेलमैदानमा माघ ३ गते शनिबार बिहान ११ बजे राष्ट्रिय स्वतन्त्र पार्टी पर्सागढिको ऐतिहासिक पहिलो नगर भेला तथा पार्टी पुनर्गठन कार्यक्रम सम्पन्न हुन लागेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी पर्सागढिका युवा नेता बुद्धिराज पौडेलका अनुसार उक्त कार्यक्रम पार्टीका पर्सा जिल्ला सभापति हरि पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ। कार्यक्रममा जिल्ला स्तरका विभिन्न नेताहरूको उल्लेखनीय सहभागिता रहने पनि बताइएको छ।

कार्यक्रमलाई भव्य र सफल बनाउन व्यापक प्रचार–प्रसार भइरहेको जनाइएको छ। सो अवसरमा सम्पूर्ण परिवर्तनकारी शुभेच्छुक, युवा, बुद्धिजीवी तथा नगरवासीहरूलाई कार्यक्रममा उपस्थित भइदिन राष्ट्रिय स्वतन्त्र पार्टी पर्सागढिले आग्रह गरेको छ।