पोखरिया, पर्सा । पर्सा जिल्लाको पोखरिया नगरपालिका–३ स्थित बसन्तपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी पोखरिया नगर समितिको आयोजनामा बृहत् पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पोखरिया नगरपालिका, कालिकामाई गाउँपालिका, जगरनाथपुर गाउँपालिका तथा धोबीनी गाउँपालिकालगायत आसपासका विभिन्न स्थानबाट आएका मतदाता तथा नेता–कार्यकर्ताहरूले आ–आफ्नो दल परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।

कार्यक्रममा युवायुवती, महिला, पुरुष, किशोर–किशोरीदेखि बुद्धिजीवी, नागरिक समाजका अगुवा, निर्वाचित जनप्रतिनिधि, कार्यपालिका सदस्य, कानुनी व्यवसायी तथा विभिन्न तहका नेता–कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो। पार्टी प्रवेश गर्नेहरूमा पोखरिया नगरपालिकाकी कार्यपालिका सदस्य चुनी देवी विन, नगरपालिकाका कानुनी सल्लाहकार हरिशंकर प्रसाद चौहान, कालिकामाई गाउँपालिका–१ का वडा अध्यक्ष लालबाबु प्रसाद चौरसियालगायत रहेका छन्।

त्यसैगरी योगेन्द्र प्रसाद कुर्मी, खलिल खान, किसान पटेल, महमुद मियाँ, कनाई साह कानु, सन्तोष ठाकुर, जितेन्द्र प्रसाद, अर्मिका चौहान, पारस प्रसाद चौरसिया, अनिरुद्ध माझी, नरेश माझी, सुकट माझी, गोपाल पासवान, रामनाथ माझी, रादेव माझी, मनेजर मियाँ, राजेन्द्र मुखिया विन, विजय मुखिया विन, सारदा देवी माझी, लालमुनी देवी माझी, चमेली देवी माझीलगायत सयौँको संख्यामा नेता–कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।

पार्टी प्रवेश गर्नेहरूका अनुसार विगतमा पुस्तौँदेखि एउटै दल वा व्यक्तिलाई मत दिँदा पनि अपेक्षित परिवर्तन नआएकाले अब नयाँ सोच र नयाँ विकल्पको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी रोजेको बताएका छन्। उनीहरूले अब परिवर्तन गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

पर्सा निर्वाचन क्षेत्र नम्बर–४ मा पछिल्लो समय विभिन्न दल परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नेको लहर बढ्दै गएको देखिएको छ। कार्यक्रम प्रदीप कुमार पटेलको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमोद कुमार सहनी, रमण श्रीवास्तव, प्रसुराम साह कानु, सोनालाल पटेल, मनोज प्रसाद कुर्मी, जितेन्द्र मिश्र, टेकबहादुर साक्य, प्रियंका पटेल, सुरेश यादव, लालन पटेल, दिनेश पटेल, मनु मुखिया विन, विनय प्रसाद साह, इमतियाज आलमलगायत वक्ताहरूले मन्तव्य व्यक्त गर्दै पार्टीप्रति विश्वास र समर्थन जनाएका थिए।