काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज माघ ४ गते पदबाट राजीनामा नदिने भएका छन्। मेयर शाहका एक सल्लाहकारका अनुसार आजको मितिमा राजीनामा दिने कुनै तयारी नभएको स्पष्ट भएको हो।

सल्लाहकारका अनुसार मेयर शाहले राजीनामा नदिई उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन्। प्रचलित कानुनी व्यवस्थाअनुसार उम्मेदवारी दर्ता गरेपछि स्वतः मेयर पद खारेज हुने भएकाले औपचारिक राजीनामा आवश्यक नपर्ने उनको बुझाइ रहेको बताइएको छ।

त्यसैगरी मेयर शाहले राजीनामा नदिएरै आज घण्टीघर जाने तयारीसमेत गरेको ती सल्लाहकारले जानकारी दिएका छन्। यस विषयलाई लिएर राजनीतिक वृत्त र आम नागरिकबीच चासो बढ्दै गएको छ।