पर्सा, ६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पर्सा निर्वाचन क्षेत्र नम्बर–४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार युवा नेता टेकबहादुर शाक्यले आज उम्मेदवारी मनोनयन दर्ता गराउने भएका छन्।

शाक्यले क्षेत्र नम्बर–४ अन्तर्गत धोबीनी गाउँपालिका–४ लंगडीस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराउने कार्यक्रम तय भएको छ। पार्टीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका समिति सदस्य, नेता–कार्यकर्ता तथा घण्टी चुनाव चिह्नका शुभेच्छुकहरूलाई दिउँसो १२:१५ बजेसम्म उपस्थित भइदिन आग्रह गरिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीति क्षेत्रमा स्वच्छता, पारदर्शिता र जवाफदेहिता स्थापित गर्ने लक्ष्यसहित अघि बढिरहेको जनाएको छ। सोही अभियानअन्तर्गत युवा, इमानदार, कर्मशील र जनमुखी नेतृत्वका रूपमा चिनिएका टेकबहादुर शाक्यलाई उम्मेदवार बनाइएको पार्टीको भनाइ छ।

स्थानीयस्तरमा शाक्यलाई नयाँ सोच, नयाँ ऊर्जा र निडर नेतृत्वको प्रतीकका रूपमा हेरिएको छ। पर्सा क्षेत्र नम्बर–४ का जनताको आवाज संसदसम्म मजबुत रूपमा पुर्‍याउने क्षमता उनमा रहेको भन्दै पार्टी र समर्थकहरूले उनको उम्मेदवारीलाई आशाको सन्देशका रूपमा लिएका छन्।

उनको उम्मेदवारीसँगै पर्सा–४ मा वैकल्पिक राजनीति र परिवर्तनको बहस थप तीव्र हुने अपेक्षा गरिएको छ।