वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) का वरिष्ठ नेता आदरणीय श्री बालेन साह ज्यूँका सामाजिक सचिव माननीय श्री खगेन्द्र कर्ण ज्यूँले आज बारा जिल्लामा अवस्थित प्रसिद्ध श्री गढीमाई मन्दिरमा विधिपूर्वक पूजा–अर्चना गर्नुभएको छ। मधेस प्रदेशका सम्पूर्ण प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा रासपाको चुनाव चिह्न घण्टीलाई ऐतिहासिक विजय प्राप्त होस् भन्ने कामना सहित गरिएको यस धार्मिक कार्यक्रममा पार्टीका नेताहरू, कार्यकर्ताहरू तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

पूजा–अर्चनामा रासपाका बारा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार श्री चन्दन कुमार सिंह ज्यूँ, पार्टीका सक्रिय नेता श्री मोतीलाल कुशवाहा ज्यूँलगायत मधेस प्रदेशका विभिन्न जिल्लाबाट आएका पार्टीका पदाधिकारी तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी नेताहरूले गढीमाई मन्दिरमा देश, लोकतन्त्र र सुशासनको कामना गर्दै पार्टीको संगठन सुदृढीकरण र जनतामाझ नयाँ राजनीतिक विकल्प प्रस्तुत गर्ने संकल्प दोहोर्‍याएका छन्।

माननीय श्री खगेन्द्र कर्ण ज्यूँले पूजा पश्चात् संक्षिप्त प्रतिक्रिया दिँदै मधेसका जनताले परिवर्तन चाहेको र रासपाले त्यसको प्रतिनिधित्व गरिरहेको बताउनुभयो। उहाँले मधेसका सबै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा रासपाको घण्टी छापले जित हासिल गर्ने विश्वास व्यक्त गर्दै पार्टीले सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको उल्लेख गर्नुभयो।