युनिटी कप अन्तर्गत शारजाहमा शनिबार सम्पन्न पहिलो टी–२० खेलमा नेपालले वेष्ट इन्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित हात पारेको छ।

नेपालका कप्तान रोहित पौडेलले ब्याट र बल दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै ‘प्लेयर अफ द म्याच’ बने। उनले ३५ बलमा ३८ रन जोडे भने बलिङतर्फ १ विकेट पनि लिए।

यो खेल आइसिसी फुल मेम्बर टोलीविरुद्ध नेपालको पहिलो जित बनेको छ। वेष्ट इन्डिजसँगको यो सिरिज नेपालको पहिलो अन्तर्राष्ट्रिय द्विपक्षीय सिरिज हो, जसको आयोजना पनि नेपालकै नाममा गरिएको हो। प्रतियोगिता युएईको शारजहामा भइरहेको छ।